इराक पठाउन लागिएका दुई चेलीको उद्धार
बुधबार, २२ वैशाख २०७३, २२ : ०४
विराटनगर- वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ ।
सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । काठमाडौंबाट बुद्धएयरको विमानबाट मङ्गलबार विराटनगर आएकी ती दुई महिलालाई सोधपुछ गर्दा दिल्लीको बाटो भएर इराक जाने जानकारी प्राप्त भएको थियो । ती दुई महिलाको अभिभावकलाई प्रहरीले बोलाई आज जिम्मा लगाएर घरतर्फ पठाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण