अचम्मको मोबाइल ! ढुंगामा झर्दा पनि नफुट्ने
काठमाडौं–निर्माण कम्पनी उत्पादन गर्ने कम्पनीले स्मार्टफोन बनाए कस्तो बनाउलान् ? उत्तर हुन्छ, ‘पक्कै पनि बलियो नै बनाउन सक्छन् ।’
विशेषगरी उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरेर ब्रिटेनको कम्पनी डिवाल्टले यस्तै बलियो फोन बनाएको छ, जुन ढुंगामा खस्दा पनि फुट्दैन ।
कम्पनीले सार्वजनिक गरेको एमडी ५०१ मोडलको फोन दुई मिटरमाथिबाट इँटा वा ढुंगामा खस्दा नफुट्ने कम्पनीको दावी छ ।
यो फोन शुन्यदेखि माइनस २० डिग्रीसम्मको चिसो र ६० डिग्री सेल्सियससम्मको गर्मीमा पनि सहज रुपमा चलाउन सकिनेछ ।
५४४ अमेरिकी डलर मूल्य तोकिएको यो फोनमा ८ घण्टासम्मको टक टाइम रहने दावी कम्पनीको छ ।
यो स्मार्टफोनको स्क्रिन ५ इन्च एचडीको छ । हातमा पञ्जा लगाएर पनि यो मोबाइल स्क्रिन टच गरेर प्रयोग गर्न सकिन्छ ।
यसको स्क्रिनलाई गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित पारिएको छ भने यसमा जी सेन्सर, गाइरोस्कोप, प्रेसर, म्याग्नेटिक, लाइट एन्ड रेस्न सेन्सर पनि राखिएको छ ।
डुअल सिम, माइक्रो एसडी स्लट, वायरलेस चार्जिङलगायत फिचर रहेको यो फोनले फोरजी सपोर्ट गर्छ ।
कम्पनीका अनुसार यो स्मार्टफोन वाटर एन्ड डस्ट रेसिस्ट्रयान्ट हो । यसलाई केमीकलले पनि असर गर्दैन् ।
यो स्मार्टफोन आइफोनभन्दा दोब्बर मोटाइको छ भने करिब दोब्बर तौलको छ । यो फोनले एमआईएल एसटिडी ८१० जी सर्टिफिकेट पाएको छ, जुन फुल रग्ड फोनलाई दिइन्छ ।
यो फोन एन्ड्रोइडको ललिपप ५.१ भर्सनमा आधारित छ । यसको स्टोरेज बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।
यसमा मिडियाटेकको १.३ गिगाहर्जको एमटि ६७३५ प्रोससेसर छ भने २ जीबीको र्याम तथा १६ जीबीको र्याम तथा १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । डिवाल्टको स्मार्टफोन हाल बेलायतमा मात्र उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण