सन् २०१४ को झल्को : च्याम्पियन्स लिगमा फेरि म्याड्रिड डर्बी
म्याड्रिड – पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको इंग्ल्सि टोली म्यान्चेस्टर सिटी रियल म्याड्रिडलाई हराउँदै नयाँ इतिहास लेख्न आतुर थियो । तर, च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा सफल टोलीविरुद्ध बुधबार राती सिटीले कमै चुनौती प्रस्तुत गर्यो । अन्ततः १–० ले पराजित हुँदै सिटीको यात्रा सेमिफाइनलमा नै टुंगियो ।
मे २८ मा मिलानमा हुने फाइनलमा अब रियलले आफ्नो चिरप्रतिद्वन्द्वी टोली एथ्लेटिको म्याड्रिडसँग भिड्नेछ । अवेको गोलको आधारमा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्दै एथ्लेटिको फाइनलमा प्रवेश गरिसकेको छ ।
यसपटकको च्याम्पियन्स लिगको फाइनलमा हुने म्याड्रिड डर्बीले सन् २०१४ को फाइनलको झल्को दिनेछ । लिस्बनमा भएको फाइनलमा रियलले अतिरिक्त समयमा ४–१ ले एथ्लेटिकोलाई निरास बनाएको थियो । जितसँगै रियलले किर्तिमानी १० औं पटक उपाधिमाथि कब्जा जमाएको थियो ।
च्याम्पियन्स लिगको लागि सँधै भोको रहने रियलले यसपटक मिलानमा आफ्नो किर्तिमानमा थप गर्ने प्रयासमा हुनेछ भने एथ्लेटिको पहिलो पटक सो उपाधिमा आफ्नो नाम दर्ता गर्ने पक्षमा हुनेछ ।
चुनौति दिन सकेन सिटीले
बुधबार रातीको खेलपछि इंग्ल्याण्डका पूर्व खेलाडी क्रिस वाडलेले प्रतिक्रिया दिए, ‘सिटी म्याड्रिडसँग डराएको जस्तो देखिन्थ्यो ।’ हुन पनि खेल अवधिमा सिटीले जितका लागि थोरै मात्र प्रयास गर्यो । पहिलो लेगमा गोलरहित बराबरीमा सकिएपछि सिटीले रियलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा मात्र १ गोल गरे त्यसको बदलामा रियलले दुई गोल गर्नु पर्ने स्थिति थियो । तर, सिटीले खेल जित्ने मनसाय प्रस्तुत गर्न सकेन ।
गेराथ बेलको प्रहार फर्नान्डिन्होलाई लाग्दै गोलमा परिणत भएपछि रियलले अग्रता लियो । त्यसपछि रियलले निरन्तर सिटीमाथि दबाब कायम राख्यो । बेलको अर्को प्रहार पोस्टमा लाग्यो भने सिटीका गोलकिपर जो हार्टले लुका मोड्रिच र क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाउ गरे ।
पहिलो लेगको म्यान अफ द म्याच हार्टले दोस्रो लेगमा पनि सिटीलाई अन्तिम समयसम्म आशा दिइराखे । तर, सिटीले कुनै गोल गर्न सकेन ।
सिटीका प्रशिक्षक म्यानुयल पेलेग्रिनी पनि बायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाजस्नै च्याम्पियन्स लिग उपाधि विहिन बनेर क्लबबाट बाहिरिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण