बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार र कर्मचारीको मैत्रिपूर्ण फुटवल खेल बराबरीमा सकियो

बिहीबार, २३ वैशाख २०७३, १० : ५०
बिहीबार, २३ वैशाख २०७३

म्याग्दी – म्याग्दीमा बिहीबारदेखि प्रथम राष्ट्रिय पत्रकारीता दिवस मनाउन सुरु गरिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर बैशाख २५ गतेसम्म दिवस मनाउने योजना अनुसार पहिलो दिन पत्रकार र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

साठी मिनेटको खेलमा दुवै तर्फबाट दुईदुई गोल भई बराबरीमा सकिएको थियो । पत्रकारिता दिवस मुल समारोह समितिको आयोजना र जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको खेलको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गरेका थिए ।

यसैविच दिवसको अबसरमा वैशाख २४ गते प्रभातफेरी सहित अन्र्तक्रिया र २५ गते नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्रको संयोजनमा रक्तदान कार्यक्रम सहित कालिगण्डकी नदी सरसफाई गरिने दिवस मुल समारोह समितिका अध्यक्ष समेत रहेको प्रजिअ आचार्यले जानकारी दिए । सरकारले यस वर्षदेखि बैशाख २४ गतेलाई पत्रकारीता दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप