बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मोहनविक्रम भन्छन्– सरकार परिवर्तनले राष्ट्रियतामा आँच पुग्छ

बिहीबार, २३ वैशाख २०७३, ११ : ०४
बिहीबार, २३ वैशाख २०७३

काठमाडौँ– नेकपा मसालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा आफू नभएको जनाएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा भारतले चाहेअनुसार संविधान संशोधन गराउने सोचसहित नयाँ सरकार बनाउने चलखेल भएको उल्लेख गरिएको छ ।

‘‘भारतले तराई वा मधेसका जनताको समस्यालाई त्यहाँका जनताको मुक्तिका लागि होइन, आफ्नो विस्तारवादी उद्देश्यको पूर्तिका लागि प्रयोग गर्ने प्रयत्न गरिरहेको छ र ओली सरकारले भारतीय आवश्यकतानुसार तराई वा मधेसको समस्यालाई समाधान गर्न वा त्यसअनुसार संविधानमा संशोधन गर्ने नीतिलाई एक वा अर्को प्रकारले कार्यान्वयन गर्ने नीति बनाएको कारणले पनि अर्को विकल्प खोज्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन,” उनले भनेका छन् । सरकारमा परिवर्तनले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने तथा गणतन्त्र र धर्मनिरपेक्षतामा पनि गम्भीर प्रकारले आँच पुग्ने सम्भावनाप्रति सो पार्टीले ध्यानाकर्षण गराएको छ ।

मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हाल उपप्रधानमन्त्री एवम् गरिबी निवारण तथा सहकारीमन्त्री छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप