बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लडेर एक भारतीयको मृत्यु

बिहीबार, २३ वैशाख २०७३, ११ : १५
बिहीबार, २३ वैशाख २०७३

मोरङ– मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर भएका ४० वर्षीय इस्माइल हकको घरबाट निस्किएर चिया खान जानेक्रममा लडेर मृत्यु भएको हो ।

बिहान बर्षाको समयमा चिप्लिएर लड्न पुगेका हकको निधारमा चोट लागेको थियो । उनको उपचारका क्रममा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप