विद्युत् चोर्ने ४६ जनाविरुद्ध कारबाही
बिहीबार, २३ वैशाख २०७३, १४ : २३
रौतहट– नेपाल विद्युत् प्राधिकरण रौतहट शाखाले विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा हालसम्म ४६ जनालाई कारबाही गरेको छ ।
सो अभियानअन्तर्गत हुकिङ गरी विद्युत् चोरी गर्दै गरेको अवस्थामा २८ वटा विद्युतीय उपकरण तथा दुई हजार ५०० भन्दा बढी हुकिङ हटाइएको छ । प्राधिकरणले नेपाल प्रहरीको सहयोगमा सुरु गरेको अभियानका क्रममा विद्युत् चोरीमा संलग्न व्यक्तिहरुबाट रु दुई लाख ५० हजार जरिवाना असुल गरेको छ ।
जिल्लाको अधिकांश ठाउँमा विद्युत् चोरी हुने गरेको छ । गत चैत महिनाको अन्तिम साताबाट सुरु गरिएको सो अभियानपछि विद्युत् चुहावटमा कमी आएको कार्यालयले जनाएको छ । विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा पक्राउ परेका व्यक्तिउपर कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विनोद यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण