बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

न्यायपूर्ण छानबिनका लागि सल्यानमा २ सय ४२ उजूरी

बिहीबार, २३ वैशाख २०७३, १५ : २५
बिहीबार, २३ वैशाख २०७३

सल्यान–स्थानीय शान्ति समिति, सल्यानमा द्वन्द्वकालीन घटनाको न्यायपूर्ण रुपमा छानबिनका लागि उजुरी पर्न थालेका छन् ।

नेपाल सरकारले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वबाट पीडितको उजुरी संकलन गर्न थालेपछि सल्यानमा बिहिबारसम्म ४ सय ४२ वटा उजुरी दर्ता भएका हुन् । बेपत्ता छानविन आयोगमा २८ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा २ सय १४ उजूरी परेको स्थानीय शान्ति समिति सल्यानकी सचिव विष्णु शर्माले जानकारी दिइन् । सशस्त्र द्धन्द्धको समयमा पिडित बनेकाहरु न्यायको अनुभुति पाउन सकिन्छ कि भनेर उजुरी दिनेको सख्ंया बढ्दै गएको उनले बताइन् ।

द्वन्द्वकालीन अवधिमा योजनाबद्ध रुपमा हत्या, अपहरण तथा शरीर बन्धक, अंगभंग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, मानव अधिकार तथा मानवीय अधिकार उल्लघङघन भएका घटनाको न्यायपूर्ण रुपमा छानबिन हुने र पीडितले न्याय पाउने सचिव शर्माले बताए । वास्तविक द्धन्द्धपिडितलाई न्यायोचित क्षतिपूर्ति दिलाउने र फर्जी द्धन्द्धपिडितलाई कारवाहीको दायरामा ल्याइने समेत उनले बताइन् ।

सशस्त्र द्धन्द्धको समयमा ३३ जना सल्यानबाट बेपत्ता भएका थिए भने ३ हजारभन्दा बढि, अपहरण तथा शरीर बन्धक, अंगभंग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा पिडित रहेका छन् । असार २ गतेसम्म स्थानीय शान्ति समितिको कार्यालयमा आएर उजुरी दिन सकिने सचिव शर्माले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप