होस्टलबाट हराएका बालक रक्सौलमा भेटिए
बिहीबार, २३ वैशाख २०७३, १७ : २३
सिन्धुली - सिन्धुलीमा यही वैशाख १७ गते बिहानदेखि हराएका बालक आज रक्सौलमा भेटिएका छन् । सिन्धुलीमाढीस्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाट हराएका आदर्श बस्नेत आज बिहान १० बजे वीरगन्जको रक्सौलमा भेटिएका हुन् । एकसातापछि भेटिएका उनी किन विद्यालयको होस्टल छाडेर भागे भन्ने कुरा खुल्न सकेको छैन । कलकत्ता जान लागेको खबर पाएपछि परिवारका सदस्यहरु खोज्न रक्सौल पुगेका थिए । अहिले ती बालकलाई विद्यालयका प्राचार्य सोनी पाण्डेसहित आफन्तले लिएर आउँदैछन् । छोरो किन भागेको हो भन्नेमा अन्योल रहेको र केही नबताएको आमा रमा बस्नेतको भनाइ छ । यता विद्यालयका प्राचार्य पाण्डेले भने पारिवारिक सरसल्लाहका आधारमा बालकलाई होस्टलमा राख्ने कि नराख्ने भन्ने दुवै पक्षको छलफलपछि मात्र निर्णयमा पुगिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण