बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फिफा वरियतामा नेपाल एक स्थान तल

बिहीबार, २३ वैशाख २०७३, २० : ५७
बिहीबार, २३ वैशाख २०७३

काठमाडौँ - विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल एक स्थान तल झर्दै १८०औँ स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा गत महिनाको तुलनामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियताअनुसार दक्षिण एसियामा माल्दिभ्स शीर्ष स्थानमा छ भने भारत दोस्रो, बङ्गलादेश तेस्रो स्थानमा छ । माल्दिभ्स १६०आँै स्थानमा रहँदा, भारत १६२औँ रहेको छ । यसैबीच बङ्गलादेश १७८आँै स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दापछि रहेका भुटान १८६आँै, श्रीङ्लका १८७आँै र पाकिस्तान १९०आँै स्थानमा छन् । नयाँ बरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा, बेल्जियम दोस्रो, चिली तेस्रो तथा कोलम्बिया चौँथो स्थानमा यथावत् छन् । विश्व च्याम्पियन जर्मनी पनि पाँचौँ स्थानमा छ । टोङ्गा, सोमालिया, इरिट्रिया, जिबुटी, बहमास, एन्गुइलालगायतका देश तालिकाको पुछारतिर छन् । फिफाले प्रत्येक महिना उसका २०९ राष्ट्र सदस्यबीचको वरियता सार्वजनिक गर्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप