बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

श्रावण १ गतेदेखि पत्रकारको न्युनतम मासिक पारिश्रमिक १९ हजार ५००

बिहीबार, २३ वैशाख २०७३, २१ : १५
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं – नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुको न्युनतम पारिश्रमिक निधारण गरेको छ । बैठकले श्रवाण १ गतेदेखि लागु हुने गरी सबै सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुको न्युनतम पारिश्रमिक तय गरेको हो । बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐन २०५१ को दफा ११ बमोजिम गठित न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिश बमोजिम उक्त निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्युनतम मासिक पारिश्रमिक १९,५०० रुपैयाँ तय गरेको छ । त्यस्तै रुमजीवी कामदार र कर्मचारीको १४,४००, अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्युनतम मासिक पारिश्रमिक १४,१०० तथा आम सञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार र कर्मचारकिो न्युनतम मासिक पारिश्रमिक १२,५०० तय गरिएको छ । त्यस्तै स्टिन्जर पत्रकारको हकमा पनि न्युनतम पारिश्रमिक तय गरिएको छ ।

त्यस्तै, आजको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै वैशाख २६ गते व्यवस्थापिका संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वेदशी पूँजीमा निर्माण गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप