बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घर निर्माणमा अन्योल

बिहीबार, २३ वैशाख २०७३, २१ : ३४
बिहीबार, २३ वैशाख २०७३
नुवाकोट– दुर्गम गाविस घ्याङ्फेदीका भूकम्पपीडितले घर कसरी बनाउने भन्ने अन्योल कायमै रहेको बताएका छन् । जिविसको व्यवस्थापन र इन्सेक नुवाकोटको आयोजनामा आज ‘भूकम्पपीडितको अवस्था र पुनःनिर्माणको सवाल’ विषयको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले सरकारले घर बनाउन दिने भनेको रु दुई लाखका बारेमा अन्योल रहेको गुनासो गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा सरकारले रकम दिने कसरी, कहिले कुन प्रक्रियाबाट दिने भन्नेबारेमा जानकारी नभएको घ्याङ्फेदी–६ सिसिपुका राजु तामाङले बताए । स्थानीयवासीको जग्गा गोसाइँकुण्ठ गुठीको नाममा रहेकाले घर भत्केका पीडितसँग लालपुर्जा नभएकाले पाउने कि नपाउने अन्योल रहेको तामाङको भनाइ छ । घ्याङ्फेदी–४ का कर्मजीत तामाङले भूकम्पका कारण भत्केको सरकारी कार्यालय, विद्यालयको पुनःनिर्माणमा सरकारले चासो नदिएको आरोप लगाए । कार्यक्रममा उठेका विषयको प्रजिअ विष्णुप्रसाद पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लालबहादुर बस्नेत, मालपोत कार्यालयका प्रमुख पृथबहादुर केसी, स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेलगायतले जवाफ दिएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप