बालुवाटारमा एमाले र एमाओवादीबीच ९ बुँदे सहमति (पूर्णपाठसहित)
बिहीबार, २३ वैशाख २०७३, २२ : ५१
काठमाडौं– एमाले र एमाओवादी बीच ९ बुँदे सहमति भएको छ । बिहिबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न दुई दलको बैठकबाट ९ बुँदे सहमति भएको हो ।
सहमतिको पहिलो बुँदामा संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणको लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राष्टिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख गरिएको छ । यस्तैसंविधानको कार्यान्वयनको लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउने समेत सो बुँदामा उल्लेख छ ।
दोस्रो बुँदामा संघीयता लगायतका विषयमा तराई मधेस केन्द्रीत दलसँग वार्ता गरेर समास्याको समाधान खोजिने उल्लेख छ भने तेस्रो बुँदामा विस्तृेत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालिन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोेधनसहतिका प्रक्रिया अघि बढाउनेउल्लेख छ ।
यस्तै चौथो बुँदामा सहिद तथा वेपत्ता परिवारलाई यसअघिका मन्त्री परिषदले गरेका निर्णय अनुसार राहत प्रद्यान गर्ने उल्लेख छ भने पाँचौं, छैटौं र सातौं बुँदामा क्रमशः द्धन्द्धकालमा घरायसी कागजको आधारमा खरिद विक्रि गरिएको जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणको आधारमा दर्ता गने, सशस्त्र द्धन्द्ध तथा जनआन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार सम्रक्षण र जीविके पार्जनको लागि उचित व्यवस्था पन गर्नेर द्धन्द्धकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्धाहरु फिर्ता तथा माफी मिनाहाको प्रक्रिया अघि बढाउने उल्लेख छ ।
यस्तै आठौं बुँदामा राजनीतिक तथा प्रशासनिक नियुक्ति, सरकारका महत्वपूर्ण निर्णय लगायत सरकार संचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरुमा राजनीतिक सहमति कायम गर्ने रहेको छ भने नवौं बुँदामा भुकम्पपछिको पुर्ननिर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउने उल्लेख छ ।
९ बुँदे सहमतिमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षर रहेको छ ।
सरकार ढल्नबाट रोकिएपछि एमाले र एमाओवादीको बिग्रेको सम्बन्धलाई सुधार्न सहमतिको नयाँ दस्तावेज तयार भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण