विद्युत् हुकिङ गर्दा एकको मृत्यु
शुक्रबार, २४ वैशाख २०७३, ०८ : ३६
राजविराज– सप्तरीको झुटकी गाविसमा विद्युत्को तारमा अङकुसे लगाई विद्युत् चोरीगर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको झुटकी–९ निवासी भजन मण्डलका २६ वर्षीय छोरा हेमनारायण मण्डल रहेको प्रहरीले जनाएको छ । हेमनारायणले आफ्नै घर नजिक रहेको विद्युत् पोलमा विद्युत् हुकिङ लगाउने क्रममा तार तान्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा ल्याउँदै बीचबाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण