सवारीसाधन चलाउन सिक्नेको सङख्या बढ्दो
कावासोती–नवलपरासी जिल्लाको कावासोतीमा पछिल्लो समय सवारीसाधन चलाउन सिक्नेको सङख्या बढेको छ । कावासोती क्षेत्रमा रहेको तालिम केन्द्रहरुको अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष कावासोती क्षेत्रमा सवारीसाधन सिक्नेहरुको संख्या बढेको हो ।
यस क्षेत्रमा रहेका मानिसहरुले बुटवल क्षेत्रबाट सवारी साधन प्रमाण पत्र –लाइसेन्स) लिने गरेकोमा पछिल्लो केही वर्ष अगाडि कारको लाइसेन्स लिन २०६९ देखि फम बन्द रहेकोमा पछिल्लो सममय बुटवलमा ट्रायल पिल्ड तयार भएपछि यस क्षेत्रमा कार चलाउन सिक्नेको सङख्या बढेको कावासोतीमा रहेको मौलाकालीका ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक प्रबिन सापकोटाले बताएका छन् ।
यस क्षेत्रमा लामो समयदेखि सवारीसाधन चलाउन सिकाउँदै आएको उक्त्त मौलाकालीका ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक सापकोटाको अनुसार कावासोतीमा महिलाको तुलनामा पुरुषहरु बढी मात्रामा सवारी साधन चलाउन सिक्न आउने गरेको बताएका छन् ।
बिशेषगरी पुरुषहरु वैदेशिक रोजगारीमा जानको लागि ड्राइभिङ सिक्ने गरेको छन् । पछिल्लो वैशाख महिनाको हालसम्ममा मात्रै मौलाकालीका ड्राइभिङ ट्रेडिङ सेन्टरमा ५० जनाको हाराहारीमा सवारी चलाउन सिक्नेहरु रहेका छन् । ड्राइभिङ ट्रेडिङ सेन्टरमा कार चलाउन सिक्नेले ५ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म रकम बुझाने गरेका सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण