धारिलो हतियार आक्रमणबाट सोह्र गाउँलेको हत्या
कङ्गो– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बन्चरोलगायतका धारिला हतियार प्रयोग गरी कम्तिमा १६ जना नागरिकको हत्या गरिएको संयुक्त राष्ट्रसङ्घका कङ्गोस्थित अधिकारीले बुधबार बताएका छन् ।
स्थानीय प्रशासक बर्नार्ड अमिसी कालोन्दाले कङ्गोको उत्तरी किबो राज्यमा अवस्थित बेनी इलाकामा उक्त नृशंस आक्रणण्म भएको बताए ।
बेनी क्षेत्रमा यस्ता जघन्य अपराधका घटना पटकपटक देखिँदै आएको कालोन्दाको दाबी छ ।
मङ्गलबार ८–१० बजेको समयमा हमलाकारी सैन्य शैलीमा गाउँमा पसी शान्तिसाथ आ–आफ्ना घरमै बसोबास गरिरहेका स्थानीयमाथि आक्रमण गरेका थिए ।
आफूले १६ जना स्थानीयका शव क्षतविक्षत अवस्थामा देखेको बताउँदै मृतकको सङ्ख्या वृद्धि हुनसक्ने समेत बताए ।
प्रजातान्त्रिक कङ्गोका इटुरी र बेनी इलाकामा सन् २०१४ यता मात्र यस्ता जघन्य अपराधका घटनामा ५०० जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
कालोन्दाले आक्रमणकारी युगाण्डेली प्रजातान्त्रिक आन्दोलनमा सन् १९९५ देखि युगाण्डाका राष्ट्रपति योबेरी मुसेबेनीको सत्ताविरुद्ध सङ्घर्षरत् विद्रोही थिए वा यसमा अन्य कसैको हात थियो भन्ने विषयमा अनुसन्धानपछि मात्र बताउन सकिने बताए ।
युगाण्डामा करिब २० हजार राष्ट्रसङ्घीय शान्तिसेना कार्यरत् छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण