बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रेविकाको उचारका लागि खर्च जुट्दै

शुक्रबार, २४ वैशाख २०७३, ०९ : २७
शुक्रबार, २४ वैशाख २०७३

खोटाङ–ट्युमर बढेर मुखै बन्द भएकी खोटाङकी एक किशोरीको उपचारका लागि उपचार खर्च जुट्ने क्रम सुरु भएको छ । लामो समयदेखि ट्युमरले ग्रसित बाँझे च्यानडाँडा–८ की १४ वर्षीया रेविका राईको उपचारका लागि साढे पाँच लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको हो ।

काठमाडौँको बूढानीलकण्ठमा बस्दै आएकी रेविकाको ट्युमरको उपचारका लागि शुभेच्छुकबाट उपचार खर्च जुट्ने क्रम बढेको जनाइएको छ । लगातार बढ्दै गएको ट्युमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेविकाको उपचारका लागि पाँच लाख ६० हजार १०७ रुपैयाँ प्राप्त भएको रेविकाको बुबा काँशीनाथ राईले बताए ।

कुबेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्यान्ड, युएई र काठमाडौँवासी नेपालीबाट सङ्कलन गरिएको रकम रेविकाका बुबा काँशीनाथ र आमा सन्ध्या राईलाई हस्तान्तरण गरिएको काठमाडौँबाट सहयोग संकलनकर्ता श्रवण बम्जनले बताए ।

यस्तै, तेज राईको संयोजनमा सङ्कलन भएको एक लाख ११ हजार ११५ रुपैयाँ पनि राई परिवारलाई प्रदान गरिएको जनाइएको छ । मलेसियाबाट समेत केही सहयोग रकम प्राप्त भएको रेविकाका बुबा काँशीनाथले बताए । रेविकाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको जनाइएको छ ।

रेविकाको ट्युमरको उपचार अभावका विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । रेविकाको चौथो पटकको उपचारका लागि बुधबार भारतको कलकत्तातर्फ लगिएको छ । रेविकाका साथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की कलकत्ता गएका छन् । माथिल्लो दाँत अडिने हाड र गिजाको ट्युमर बढेर ठूलो आकार लिएपछि रेविकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप