बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ठगी मुद्दामा फरार पक्राउ

शुक्रबार, २४ वैशाख २०७३, ०९ : २९
शुक्रबार, २४ वैशाख २०७३

विराटनगर– ठगी मुद्दामा अदालतमा सजाय पाएका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

विराटनगर–७ बस्ने २५ वर्षीय दीपेश शर्मालाई पक्राउ गरिएको पूर्व क्षेत्र क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई क्षेत्रीय अनुसन्धान समूहले घरबाट बिहीबार पक्राउ गरेको हो ।

पुनरावेदन अदालत मोरङले शर्मालाई २०७१ मङ्सिर ९ गते दुई वर्ष कैद र रु ९२ हजार ८०० जरिवाना गरेको थियो । उनलाई बिहीबार नै विराटनगरस्थित कारागार चलान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप