पौडेलको ‘मेरो बोके दाह्री’ बजारमा (भिडियोसहित)
शुक्रबार, २४ वैशाख २०७३, ०९ : ४२
काठमाडौं – गायक पुरुषोत्तम पोडेल र पूर्णकला बिसीको स्वरमा नयाँ गिती एल्बम ‘मेरो बोके दाह्री’ बजारमा आएको छ ।
म्यूजिक कम्पनी उमंग प्रालिको प्रस्तुती रहेको सो गीतको केही साताअघि भिडियो समेत सार्वजनिक गरिएको छ ।
गीतको शब्द रचना गीतकार शिव पौडेलले गरेका हुन् भने संगीत खेम सेन्चुरीको छ ।
यसअघि ५० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक पौडेलले पछिल्लो गीतको उत्साहजनक प्रतिक्रिया पाएको बताएका छन् ।
११ मिनेटको सो म्यूजिक भिडियो युट्युबमा २ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् ।
प्रकाश भट्टको निर्देशनमा बनेको गीतको म्यूजिक भिडियोमा हास्य श्रृङ्खला ‘हर्के हल्दार’ का कलाकार विष्णु सापकोटा र सरु दाहालले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण