संघीय गठबन्धनद्वारा संसद बैठक बहिस्कार
शुक्रबार, २४ वैशाख २०७३, १२ : ०५
काठमाडौं– मधेसी मोर्चा तथा आदीबासी जनजाती पार्टीहरुको संयुक्त मोर्चा संघीय गठबन्धनमा आबद्व सांसदहरुले व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका छन् । आफूहरु आन्दोलनमा रहेको बेला सरकारको गठबन्धनको मागको कुनै सुनुवाई नगरेको आरोप लगाउँदै संसद बैठक बहिस्कार गरेका हुन् ।
आजको बैठक सुरु हुनेवित्तिकै संसदमा गठबन्धनको तर्फबाट धारणा राख्दै संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष अशोक राईले आफूहरुको माग पूरा नभएसम्म संसद बैठक बहिस्कार गरे । उनले केपी ओली नेतृत्वको सरकारले गठबन्धनको माग पूरा गर्न चासो नदेखाएको भन्दै यही अवस्थामा ल्याइने नीति तथा कार्यक्रमको औचित्य नभएको बताए । सरकारले आफ्नो नीति तथा कार्यक्रम यही बैशाख २६ गते संसदमा प्रस्तुत गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण