संसदमा कमेडी भाषण ठोकेर मधेशको समस्या समाधान हुँदैनः महतो
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार संसदमा गरेको सम्बोधनबारे मधेशी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कडा प्रतिक्रिया दिएका छन् । महतोले संसदमा कमेडी गर्दै भाषण ठोकेर देश र मधेशको समस्या समाधान उनले नहुने बताए। प्रधानमन्त्रीले हिजो संसदमा गरेको सम्बोधनलाई लक्षित गर्दै महतोले भने, ‘ प्रधानमन्त्री कुरा भाषण र बोलीमा मात्रै सीमित रहँदा देश र मधेश दुबै समस्यामा झन् अल्झिँदै गएको छ।’
वार्ता र संवादको माध्यमले मधेशको माग पूरा गर्ने प्रधानमन्त्री ओलीको भनाईबारे महतोले भने –संसदमा र अरू ठाउँमा वार्ता र संवादको चर्को कुरा गर्ने तर त्यसलाई व्यवहारमा नल्याए समस्या कहिले समाधान हुँदैन।’ महतोले प्रधानमन्त्री ओली माथि मधेशको समस्या बारे थोरै पनि गम्भीर नरहेको र समस्या समाधान गर्न पट्टकै पनि नचाहेको आरोप लगाए। उनले भने ( ओली सरकार बने पछि दर्जनौं पटक वार्ता भयो तर सरकारी पक्ष कहिले गम्भीर भएर प्रस्तुत भएन।
प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन बारे प्रतिक्रिया लिन पुगेका संचारकर्मीहरूलाई महतोले ओलीलाई गणतन्त्र नेपालकै सबैभन्दा कमजोर र असफल प्रधानमन्त्री भएको दाबी गरे। उनले ओलीको बोली माथि कटाक्ष गर्दै भने कमेडी र उखान टुक्काले देश चल्दैन। महतोले मधेशको राजनीतिक समस्या समाधान नगरि नयाँ संविधान कार्यान्वयन नहुने ठोकुवा समेत गरे।
प्रधानमन्त्रीद्वारा संविधानको पुनर्लेखन बारे संसदमा गरेको टिप्पणीमाथि सदभावना अध्यक्ष महतोले आपत्ति जनाएका छन्। उनले संविधानको पुनर्लेखनको माँग मधेशी मोर्चाको नरहेको स्पष्ट पार्दै संविधान संशोधननै रहेको बताए।
सीमांकन बारे प्रधानमन्त्री ओलीले दिएको मंतब्यमा आफूहरूको घोर आपत्ति रहेको बताउँदै महतोले एक वर्षमा सीमांकनको मुद्दा टुंग्याउने प्रमको अभिव्यक्तिले मधेशी जनता झन् आक्रोशित बनेको बताए। महतोले ओली सरकार मधेशको राजनीतिक समाधानबारे मात्रै असफल नभएको अपितु देशमा फैलिएको कालोबाजारी र माफियातन्त्रलाई पनि निस्तेज गर्न पूर्ण रूपमा असफल भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण