इन्स्टाग्राम ह्याक गर्ने १० वर्षीय बालकलाई जुकरवर्गले दिए पुरस्कार
इन्स्टाग्राम ह्याक गरेर चर्चामा आएका १० वर्षका एक बालकलाई फेसबुक संस्थापक मार्क जुकरवर्गले १० हजार अमेरिकी डलर इनाम दिएका छन् । बच्चाको क्षमता देखेर निकै प्रभावित भएको बताउँदै उनले पुरस्कार दिएका हुन् । इन्स्टाग्राम फेसबुककै फोटो शेयरिङ प्लेटफर्म हो । फोब्र्सका अनुसार जेनी नामका यी बच्चाले १० हजार अमेरिकी डलर फेसबुकबाट प्राप्त गरेका छन् । जेनीले इन्स्टग्रामको कमजोरी औल्याउँदै कसरी एउटा साधारण कोडिङको प्रयोगबाट यस सामाजिक सञ्जालका कन्टेन्टहरु हटाउन सकिन्छ भन्ने देखाएका थिए ।
१० हजार डलर प्राप्त गरेपछि जेनीले यस पैसाबाट बाइक, फुटबल गियर तथा नयाँ कम्प्यूटर लिने योजना बनाएका छन् ।
जेनीभन्दा अघि १३ वर्षका अर्का बालकले पनि यस्तै काम गरेका थिए । फेसबुकले आफ्नो कमजोरीहरु पत्ता लगाउन यसरी इनाम दिने प्रतिस्पर्धा नै गराउँदै आएको छ । अहिलेसम्म फेसबुकका कमजोरीहरु पत्ता लगाएर ८ सय व्यक्तीहरुले पुरस्कार पाइसकेका छन् । फेसबुकले ४ दशमलव ३ मिलियन अमेरिकी डलर त्यसरी पुरस्कार दिनमा खर्च गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण