‘असुरक्षित क्षेत्र’ भन्दै ऋण पाउँदैनन् सीमावर्ती क्षेत्रका किसान
आइतबार, ३० जेठ २०७३, १६ : ४८
कञ्चनपुर - बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउनसकेका छैनन् ।
आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उनले ऋणका लागि धेरै पटक बैंकमा धाए । तर हालसम्म पन्तले ऋण पाउनसकेका छैनन् । जग्गा सीमावर्ती क्षेत्रमा भएका कारण बैंकले ऋण लगानी गर्न नमान्दा उनी निराश मात्र होइन केराखेती गर्नबाट समेत वञ्चित रहेका छन् ।
दुई बिगाह जमिनको जग्गाधनी प्रमाणपत्र बोकेर राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पुगेपनि ऋण नपाएको उनी बताउँछन् । “सीमावर्ती क्षेत्रको जग्गा भन्दै बैंकले ऋण दिन मानेन,” उनले भने । कृषि विकास बैंक बेलौरीले केन्द्रीय नियमानुसार सीमावर्ती क्षेत्रमा लगानी नगर्ने र राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगरले सीमावर्ती क्षेत्रमा लगानी जोखिमा पर्ने भन्दै ऋण दिन नमानेको उनको भनाइ छ । पन्तको व्यावसायिक केराखेती गर्ने योजना बैंकले ऋण नदिएपछि विफल भएको छ ।
भुडाकै अर्का किसान देवसिंह थापाले आफूसँग भएको डेढ बिगाहा जग्गामा व्यावसायिक रुपमा उखुखेती गर्न राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा ऋण माग्न गए पनि बैंकले ऋण दिन नमान्दा रित्तो हात घर फर्किए । “बैंकले दशगजामा जमिन भएको भन्दै ऋण दिन मानेन्,” उनले भने– “मालपोतबापत राजस्व बुझने तर ऋण नदिने ? ।”
बैंकबाट ऋणको व्यवस्था नभएपछि यहाँका बासिन्दा परम्परागत खेती गर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैंक कञ्चनपुरका शाखा प्रबन्धक हरिशचन्द्र भट्ट बैंंकले सुरक्षित क्षेत्रमा मात्रै कर्जा दिने गरेको बताउँछन् । बैंकले लगानी जोखिमापर्ने खोलानाला, नदी क्षेत्रको जमिन र सीमावर्ती क्षेत्रको जग्गामा लगानी नगरेको उनको भनाइ छ ।
जिल्लाको ब्रम्हदेव, दोधारा, चाँदनी, रौतेली बिचुवा, बेल्डाँडी, बेलौरी, पुनर्वासका सीमा क्षेत्रका बासिन्दा बैंकको ऋण सुविधाबाट बञ्चित हुँदैआएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण