रास्वपा उपसभापतिमा सोविता गौतमको दाबेदारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं कानूनमन्त्री सोविता गौतमले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
- उनले सहमतिमै नेतृत्व चयन होस् भन्ने पहिलो प्राथमिकता रहेको र सहमति नभए निर्वाचन प्रक्रियामा जाने तयारीमा रहेको बताइन् ।
- सोविताले केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ५ सय ९४ मत प्राप्त गरेकी छन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं कानूनमन्त्री सोविता गौतमले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक महाधिवेशनका क्रममा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबेदारी प्रस्तुत गरेकी हुन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘उपसभापतिमा अरु साथीहरु को–को हुनुहुन्छ, त्यो उम्मेदवारीका लागि समय खुल्ला भएपछि मात्र थाहा हुनेछ । पहिलो प्राथमिकता सहमतिमै नेतृत्व चयन होस् भन्ने हो । यदि सहमति हुन सकेन भने निर्वाचन प्रक्रियामा जान तयारीमा लाग्नेछु ।’
यसअघि आजै सार्वजनिक भएको केन्द्रीय सदस्यको निर्वाचन परिणाममा सोविताले उल्लेख्य मत प्राप्त गरेकी छन् । निर्वाचन आयोगका अनुसार विद्युतीय मतदानमार्फत भएको उक्त प्रतिस्पर्धामा उनले २ हजार ५ सय ९४ मत प्राप्त गरेकी छन् ।
पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि अब पदाधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण