शिक्षामन्त्रीले आफ्नै लगानीमा महोत्तरीको १५ उच्च माविलाई पाठ्यपुस्तक वितरण गरे
बर्दिबास– शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले महोत्तरीका १५ सामुदायिक उच्च माविको पुस्तकालय सुढृढीकरणको लागि पुस्तक तथा पाठ्य समाग्री हस्तान्तरण गरेका छन् । बर्दिबास नगरपालिकास्थित जनहित नन्दलाल उच्च मावि चौलिखा किसाननगरमा आयोजित कार्यक्रमकाबीच मन्त्री पोखरेलले उच्च माविमा अध्ययनरत गरिव तथा दलित बालबालिकाहरुलाई पढ्न सजिलो होस् भनी १५ उच्च माविलाई ३० हजारको बराबरको पाठ्यपुस्क विद्यालयहरुलाई प्रदान गरेका हुन् ।
पोखरेलले बर्दिबास नगरपालिकाको देउराली उच्च मावि, जनहित नन्दलाल उच्च मावि चौलिखा किसाननगर, पञ्चधुरा उच्च मावि चेरु, जनजागृती उच्च मावि पाटु, उच्च मावि भंगहा, उच्च मावि हात्तिलेट, त्रिभुवन उच्च मावि गौशाला, भेरुखी उच्च मावि लोहारपट्टी, महेन्द्र उच्च मावि रामगोपालपुर, मेघरोल उच्च मावि मेघनाथ गोरहन्नाका विद्यालयलाई पाठ्य पुस्तक उपलब्ध गराए । महोत्तरीर्क राष्ट्रिय उच्च मावि कान्तिबजार, लक्ष्मिनारायण उच्च मावि खयरमारा, श्री प्रसाद उच्च मावि औरही भंगहाको विद्यालयका रहेको पुस्तकालयलाई पनि उनले पाठपुस्तक उपलब्ध गराए ।
शिक्षामन्त्रीले यो पाठ्यपुस्तक निजी रकमबाट वितरण गरेका माओवादी केन्द्र महोत्तरीका युवा नेता शंकर महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण