अपडेट
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
आइतबार, २८ असार २०८३, १७ : ४३
सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार–७ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय एक छोरा सैफुल शेख तथा १० र १२ वर्षीया दुई छोरीहरू क्रमश: रुविना खातुन र सवनम खातुन रहेको सोही वडाका वडाध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।
वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो। सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेका हुन्।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो।
स्थानीयले ५ जना डुबेको बताएपनि औपचारिक पुष्टि भइसकेको छैन । सुरक्षाकर्मीले अहिले पनि खोजतलास जारी राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण