आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

आइतबार, २८ असार २०८३, २२ : २४
आइतबार, २८ असार २०८३

सारांश

  • रुपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
  • सम्मेलनले प्राचीन वास्तु विज्ञानको मौलिकता, शास्त्रीय मर्यादा र सांस्कृतिक गरिमाको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
  • प्राचीन ग्रन्थ, परम्परागत अभ्यास तथा लोक अनुभवको वैज्ञानिक अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशनलाई प्रोत्साहन गर्ने विषयलाई घोषणापत्रमा प्राथमिकता दिइएको छ।

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन–२०८३ सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा सम्पन्न सम्मेलनले प्राचीन वास्तु विज्ञानको मौलिकता, शास्त्रीय मर्यादा र सांस्कृतिक गरिमाको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्मेलनले जारी गरेको सात बुँदे घोषणापत्रमा वास्तुसम्बन्धी प्राचीन ग्रन्थ, परम्परागत अभ्यास तथा लोक अनुभवको वैज्ञानिक अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशनलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

यसअघि सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक ज्ञान, संस्कृति र परम्पराको संरक्षणसँगै वैज्ञानिक दृष्टिकोणबाट यसको अध्ययन र प्रवर्द्धन आवश्यक रहेको बताएका थिए।

सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा वास्तु शास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले वास्तुको वैज्ञानिक पक्ष, वर्तमान अवस्था र व्यवहारिक प्रयोगबारे आ–आफ्ना धारणा राखेका थिए।

आयोजकका अनुसार सम्मेलनमा करिब ३०० जनाको सहभागिता रहेको थियो। दक्षिण एसियाली ज्योतिष महासङ्घ, लुम्बिनी प्रदेश समितिका सभापति चूडामणि पाण्डेले सम्मेलनले वास्तु विज्ञानबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अनुसन्धान र संरक्षणका लागि साझा प्रतिबद्धता व्यक्त गरेको बताए ।

received_1740301070497218

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप