सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
सारांश
- सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरियो।
- पुरस्कारमा नगद र प्रमाणपत्र समावेश छ।
- किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता छ।
कर्णाली । कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।
निर्देशनालयले आइतबार एक कार्यक्रम आयोजना गरी ती किसानलाई पुरस्कृत गरेको हो । कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको बताए ।
निर्देशक रोकायाका अनुसार भेरीगङ्गा नगरपालिका–११ सुर्खेतस्थित बायोग्रिन एग्रो प्रालिका सञ्चालक समीर खत्रीले रु ३० हजार नगद, लेकबेँसी नगरपालिका–३ सुर्खेतस्थित कृषि तथा पशुपन्छी फार्मका सञ्चालक अमित चलाउनेले रु २५ हजार र वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित कर्णाली ड्रागन कृषि तथा पशुपन्छी फार्मका सञ्चालक सुमन सुवेदीले रु २० हजार नगदसहित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि क्षेत्रलाई सम्मानजनक, आम्दानीमुखी र दिगो व्यवसायका रूपमा विकास गर्नतर्फ प्रदेश सरकारले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजन, यान्त्रिकीकरण, सिँचाइ सुविधा, प्रशोधन तथा बजारीकरणमा विशेष ध्यान दिएका छौँ ।”
कर्णाली अन्य प्रदेशका हिसाबले माटो कम बिरामी भएको प्रदेश हो भन्दै उनले यहाँ उत्पादन हुने अन्नबाली नेपाली बजारमा अत्यधिक माग भइरहेको जनाउनुभयो । कृषिबिना मानव अस्तित्व सङ्कटमा पर्ने भएकाले किसानलाई प्रोत्साहन मिल्ने र उत्पादन बढाउने कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण