आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक

आइतबार, २८ असार २०८३, १८ : ४५
आइतबार, २८ असार २०८३

सारांश

  • सर्लाहीका विवेक मण्डललाई कीर्तिपुर बर्न अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिँदैछ ।
  • बायोलोजीमा एमएस्सी गरेका मण्डल एक वर्षदेखि जागिर गुमाएपछि मानसिक तनावमा थिए ।
  • शुक्रबार दिउँसो सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गरेपछि उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँ । आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी छ । 

अस्पतालका अनुसार मण्डलको अहिले आइसीयूमा उपचार भइरहेको छ। उनको शुक्रबार बेलुकीदेखि भेन्टिलेटरमा उपचार भइरहेको हो । 

आफन्त अखलेश मण्डलले चिकित्सकले आफूलाई विवेकको शरीरको ८५ प्रतिशत भाग जलेको जानकारी दिएको बताए ।

मण्डलले चिकित्सकको कुरा उद्धृत गर्दै रातोपाटीसँग भने,‘घाउको अप्रेसन गर्ने भन्नुभएको छ । तर, ब्लड प्रेसर लो भएर अप्रेसन गर्न मिलेको छैन । शरीरको धेरै भाग जलेको छ ।’

आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।

विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्‍यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए । 

विवेककी भाउजू शान्तिदेवी मण्डलले भनिन,‘एक वर्षदेखि घरमै बस्नुभएको थियो । मानसिक तनाव लिन थाल्नुभएको थियो । एक्कासी शुक्रबार दिउँसो १२ बजेतिर सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गर्नुभयो ।’

विवेकलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। विवेकको अवस्था बुझ्न नेपाली कांग्रेस सभापति गगन थापा, सर्लाही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह अस्पताल पुगेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप