कारागारबाट फरार कैदीबन्दी पक्राउ
सारांश
- सर्लाही प्रहरीले महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका डाका मुद्दाका एक बन्दीलाई पक्राउ गरेको छ।
- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- प्रहरीले पासवानलाई लालबन्दी नगरपालिका वडा नम्बर २, जुटपानीबाट नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।
सर्लाही । महोत्तरीको जलेश्वर कारागारबाट फरार रहेका डाका मुद्दाका एक बन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पासवानलाई शुक्रबार बिहान करिब साढे ७ बजे पक्राउ गरेको हो ।
उनलाई लालबन्दी नगरपालिका वडा नम्बर २, जुटपानीबाट पुनर्वास जाने भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवान लालबन्दी नगरपालिका–२, पुनर्वास टोलका बासिन्दा हुन्।
डाका मुद्दामा जलेश्वर कारागार महोत्तरीमा कैद भुक्तान गरिरहेका पासवान विगतको आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका पासवानलाई थप अनुसन्धान तथा कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण