सबैको सामू सेक्स सिन दिन भनेपछि चित्रांगदाले सुटिङ छाडिन्
मुम्बई – बलिउड अभिनेत्री चित्रांगदा सिंह पछिल्लो समय निर्देशक कुशान नन्दीको चलचित्र 'बाबुमोशाय बन्दुकबाज'को सुटिङमा व्यस्त छिन् । तर, पछिल्लो रिपोर्टका अनुसार चित्रांगदाले उक्त चलचित्र छाडेकी छिन् र मुम्बई फर्केकी छिन् ।
चलचित्रका निर्देशकले चलचित्रका नायक नवाजुद्दिन सिद्धकीसँग सेक्स सिन दिन माग गरेपछि चित्रांगदाले चलिचित्र छाडेकी हुन् ।
रिपोर्टका अनुसार चलचित्रको एक सिनमा नवाज चित्रांगदालाई बेडमा तानेर ल्याउँछन् । तर, पहिलो टेक निर्देशकलाई चित्त नबुझेपछि उनले चित्रांगदालाई नवाजको माथि आउन निर्देशन दिन्छन् र पुनः रिटेक गर्न लगाउँछन् । तर, सबैको सामु यस्तो सिन दिन भनेपछि चित्रांगदा यसबाट रिसाइन् र रुँदै सेट छाडिन् ।
हिन्दुस्तान टाइम्सले छापेको चित्रांगदाको अन्तरवार्तामा उनले भनेकी छिन्, ‘सट सकेपछि कुशानले मलाई सट मन परेन भने । र मलाई नवाजको माथि जान भने । तर, म त्यतिबेला मैले पेटिकोटमात्र लाएको थिएँ । मैले अप्ठ्यारो लागेर भने । तर, उनले सुनेनन् र हामीबीच भनाभन पनि भयो । एउटा कुरा पटक–पटक गर्न त गाह्रो हुन्छ । यो कुरामा नवाजले पनि चित्त बुझाएका थिएनन् ।’
उनले यो चलचित्र आफ्नो लागि सबैभन्दा नराम्रो अनुभव भएको बताइन् ।
उता, निर्देशक कुशानले भने चित्रागंदाले आफूबिरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।
पहिलेनै आर्थिक संकट खेपिरहेको यो चलचित्र थप समस्यामा परेको छ ।
सन् २००३ मा हजारो ख्वाहिसे एसीबाट बलिवुडमा डेब्यु गरेकी चित्रांगदाले अहिलेसम्म १० वटा चलचित्र खेलेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण