साहसिक पर्यटन गाइड तालिम सुरु
मङ्गलबार, ३२ जेठ २०७३, १७ : १५
काठमाडौं–सामाथ्र्य, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा साहसिक पर्यटन गाइड तालिम सुरु भएको छ । टानको कार्यालय मालिगाउँमा शुरु भएको तालिम ८ दिन सम्म चल्ने छ । नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम सञ्चालन गरेको टानका महासचिव कर्ण लामाले बताए । नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ । साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण