नेपाल राष्ट्र सङ्घको उपाध्यक्षमा निर्वाचित
काठमाडौँ - संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ ।
सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घीय प्रणालीमा नेपालको सक्रिय र प्रभावकारी प्रतिनिधित्व रहने र न्युयोर्कमा विभिन्न सन्धिका निकायहरु, स्थायी मिसनमा यस क्षेत्रका राष्ट्रका तर्फबाट निर्वाचित सदस्यका रुपमा रहनेछ । राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रसङ्घको प्रणाली र विभिन्न सन्धिसम्बन्धी निकायमा नेपालको स्थायी नियोगले खेलेको भूमिकाले नेपाललाई सो अवसर दिलाएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण