उखु किसानद्वारा चक्काजाम
बुधबार, ०१ असार २०७३, १३ : ५६
रौतहट , असार १–उखुको भुक्तानीको माग गर्दै रौतहटका किसानहरुले जिल्लाको मध्यभाग बिरेन्द्र राजमार्गस्थित श्रीराम सुगर मिलको अगाडी गरुडामा चक्काजाम गरेका छन् ।
सैयौंको संख्यामा गएका उखु किसानहरुले मिलको मुलगेट अगाडी मुख्य बाटोमा बसेर बिहान ११ बजेदेखी १ बजेसम्म चक्का जाम गरेका हुन् । किशानहरुले मिललाई दिएको उखुको झण्डै ९० करोड रुपैयाको पटक पटक मागगर्दा पनी उद्योगपती दिवाकर गोल्छाले बेवास्ता गरीरहेका कारण बाध्य भई आन्दोलनमा उत्रीनुपरेको उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले बताए ।
आर्थिक बर्ष २०७० देखी हालसम्मको उखुको करीब ९० करोड रुपैया मिलले नतिरी अनेक बखेडा गर्दै आएको किसानहरुको गुनासो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण