पाँच जनाको मृत्युपछि भट्टी खोज्दै प्रहरी, दुई दिनमै हजारौं लिटर कच्चा पदार्थसहित मदिरा नष्ट
जलेश्वर–महोत्तरीको सहसौलामा लोकल मदिरा खाएका पाँच जनाको मृत्यु भएपछि लोकल मदिरा नियन्त्रण गर्न प्रहरीहरु भट्टी खोज्दै हिँडेका छन् । शनिवार र आईतवार मात्रै लोकल मदिरा पसल र भट्टीबाट ४ हजार दुईसय लिटर मदिरा बनाउने कच्चा पदार्थ र ८३५ लिटर मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी उपरिक्षक जनक भट्टराईले जनाएका छन् ।
सो परिमाणका मदिरा तथा सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ भने जिल्लाकै धर्मपुर, मटिहानी, सरपल्लो र गोनरपुरा गाविसबाट प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ ।
लोकल मदिरा नियन्त्रण गर्न गत वैशाखदेखि प्रहरीले ३७ भट्टीबाट ४ हजार ६५५ लिटर मदिरा तथा २० हजार २६५ लिटर सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिसकेको छ भने लोकल मदिरा नियन्त्रण गर्न अभियान नै चलाएको छ ।
सो अभियान अन्तर्गत जिल्ला मातहतका सबै प्रहरी चौकीहरुमा लोकल मदिरा नियन्त्रण गर्न सर्कुलर जारी गरिएको र सोहि अनुरुप दैनिक रुपमा हजारौं लिटरको परिमाणमा मदिरा र कच्चा पदार्थ नष्ट गर्ने गरिएको प्रहरी उपरिक्षक भट्टराई बताउँछन् ।
मदिराबाटै ५ जनाको ज्यान गएपछि प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवको निर्देशन र सल्लाहमा लोकल मदिरा नियन्त्रण गर्न प्रहरी परिचालित भएको हो ।
त्यस्तै छापा मारिएका भट्टी र पसलका धनीहरुको नाम थाहा भएपनि छापा मार्ने बेला उनीहरु फरार हुने गरेकोले हालसम्म एकजना पनि पक्राउ पर्न नसकेको प्रउ भट्टराई बताउँछन् ।
अबको अभियानमा त्यसता भट्टी र पसलमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परेमा संचालकको फाईल समेत अन्तशुल्क कार्यालयमा पठाउने र त्यो व्यक्तिको पछिसम्म पनि खोजी गरि कारबाहीको दायरामा ल्याउने नयाँ अभ्यासको थालनी गर्ने प्रउ बताउँछन् ।
जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा.राजिव झाका अनुसार लोकल मदिरामा मिलाईने स्प्रिट र युरियाले मिथाईल अल्कोहल बन्ने र सो मिथाईल अल्कोहलले स्न्यायु प्रणालीमा असर गरि श्वासप्रश्वास र धड्कनमा असर पुर्याउँदा मानिसको मृत्यु हुने गरेको जनाएका छन् ।
गत शनिवार मात्रै जिल्लाकै सहसौला–६ स्थित मदिरा पसलमा रक्सी खाएका सोहि ठाउँ निवासीे वर्ष ७० को रामवृक्ष मल्ली, निज राम वृक्ष मल्लीको छोरा वर्ष ३५ को राम प्रगाश मल्ली, ज्वाई गौशाला न.पा. वडा नम्बर–७ मा बस्ने बर्ष ४५ को पंचा मल्ली र उनकी श्रीमती वर्ष ४० की कलावती देवि र औरही वडा नंम्बर–३ बस्ने वर्ष ६० को बद्री मल्लीको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण