गृहमन्त्रीद्वारा इलाका प्रशासन कार्यालयको उद्घाटन
कलैया– गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज बाराको निर्वाचन क्षेत्र नं १ अन्तर्गत सिम्रोनगढ नगरपालिकामा एक समारोहबीच इलाका प्रशासन कार्यालयको उद्घाटन गरे ।
सो अवसरमा उनले वर्तमान सरकारले जनतालाई सरकारी सेवा सरल, सुलभ तरिकाबाट उपलब्ध गराउन प्रत्येक क्षेत्रहरुमा सरकारी कार्यालयको स्थापना गरिने बताए ।
उनले इलाका प्रशासनको स्थापना सँगसँगै नापी र मालपोत कार्यालयको पनि स्थापना गरिने उल्लेख गरे ।
मन्त्री बस्नेतले राष्ट्रियता, भौगोलिकता, अखण्डता, नेपाली जनताको अधिकार संविधानमा संशोधन नहुने कुरा बताउँदै उहाँले अङ्गीकृत नागरिकबाट जन्मिएका छोराछोरीको वंशजको नाताले नागरिकता पाउने व्यवस्था पनि संविधानमा गरिएको कुरा बताए ।
सो अवसरमा उनले ज्येष्ठ नागरिक चाद मोहम्मद र युवा धिरजकुमार गुप्तालाई नेपाली नागरिकताको प्रमाणपत्र पनि प्रदान गरे ।
गृहसचिव नारायणगोपाल मलेगोको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले यस क्षेत्रका जनताले अब सहजरुपमा सेवा पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण