सन् २००४ पछि युरोमा स्पेन पहिलो पटक पराजित, इटालीसँग भिड्ने
पेरिस – आफ्नो अग्रतालाई जोगाउन नसक्दा स्पेन क्रोएसियासँग पराजित हुँदै समूह डी को दोस्रो स्थानमा सिमित बनेको छ ।
सन् २००४ को युरोमा पोर्चुगलसँग पराजित भएपछि स्पेन पराजित भएको पहिलो अवसर हो । युरोपियन च्याम्पियनसिपमा स्पेन पछिल्ला १५ खेलमा अपराजित रहेको थियो ।
स्पेनले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । सिसेक फाब्रिगासको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
तर, क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै निकोला कालिनिचको गोलको मद्दतले खेल बराबरी गर्यो ।
खेलको दोस्रो हाफमा स्पेनले पेनाल्टी पाए पनि सर्जियो रामोशले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
यसको मूल्य स्पेनले ठूलो चुकाउनु पर्यो । इभान पेरिसिचले खेलको अन्त्यतिर गोल गरेपछि स्पेन २–१ ले पराजित बन्यो ।
जीतसँग क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा अन्य समूहको तेस्रो टोलीसँग भिड्ने छ । यता, स्पेनले भने सोमबार इटालीसँग पेरिसमा भिड्नेछ ।
समूहकै अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्ने झिनो आशा कायमै राखेको छ । मंगलबार राती सम्पन्न खेलमा टर्की २–० गोलअन्तरले विजयी बन्यो ।
टर्कीलाई जित दिलाउन बुराक यिल्माज र ओजान तुफानले एक–एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण