एक बालक छ दिनदेखि बेपत्ता
बुधबार, ०८ असार २०७३, १३ : १८
बैतडी– बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका एक बालक विगत छ दिनदेखि बेपत्ता भएका छन् । स्थानीय दुर्गास्थान उच्च माविमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द छ दिनदेखि बेपत्ता भएका हुन् ।
गत असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिए ।
“जेठ ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको थियो,” उनले भने “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।”
बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उनले बताए ।
बेपत्ता छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरेका छन् । गहुँगोरो वर्ण, ५ फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजीकार्य जारी राखेको बताए ।
बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाटलगायतका अन्य क्षेत्रका सबै प्रहरी चौकीलाई खबर गरी बेपत्ता बालकको खोजी गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण