गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न सकिदैन : सांसद गुरुङ
तनहुँ । तनहुँ क्षेत्र नं १ प्रदेश सभाका सांसद रामबहादुर गुरुङले गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न नसकिने बताएका छन् । सांसद गुरुङले आइतवार पोखरामा सपथ ग्रहण गरेर फर्कने क्रममा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
शिक्षाको कमीका कारण नेपालमा विकासले गति लिन नसकेको उनको भनाई थियो । बाटो, खानेपानी, स्वास्थ्य, रोजगारमा सरकारले ध्यान दिनुपर्ने औँल्याउदै सांसद गुरुङले अब देशको नयाँ बाटो कोर्ने समय आएको बताए । ‘नेताले देशको विकास गरेर देखाउनुपर्छ,’ उनले भने ‘प्राकृतिक दृष्टिले नेपाल धनि भएर पनि गरीब बन्नु परेको छ ।’
कृषिमा आधुनिकरण गर्दै विदेशमा पलायन भएका युवा शक्तिलाई स्वदेशमा फिर्ता गर्ने नीति ल्याउनुपर्छ सांसद गुरुङले भने । ठाउँ सुहाउदो कृषि प्रणालीमा जोड दिन सके युवाहरु विदेशिनु नपर्ने उनको तर्क थियो ।
देशमा शान्ति सुरक्षाको व्यवस्था गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध
-
छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण