मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
बुधबार, ०८ असार २०७३, १४ : १४
चितवन - चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ ।
बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध भएको थियो ।
दोस्रोपटकको पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फीनै सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
“पहिलेको पहिरो पन्छाउने बित्तिकै फेरि अर्काे पहिरो आयो, त्यो पहिरो तत्कालै हटाएर बाटो सञ्चालन गरियो” कुँवरले भने , “अहिले दुईतर्फी नै गाडी चले पनि गाडीको चाप बढी भएकाले सहज हुन अझै केही समय लाग्छ ।”
प्रहरीका अनुसार एकदुई घन्टामा जाममा परेका सबै सवारी गन्तव्यतर्फ गइसक्ने छन् । यहाँ दैनिक सात हजार बढी सवारी आवतजावत गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण