करिष्माको कडा जवाफः जनताको मन र मतले देश विकासमा योगदान दिएरै छाड्छु
काठमाडौं– नयाँ शक्तिकी नेत्री तथा कलाकार करिष्मा मानन्धरले कुरा भन्दा पनि काममा विस्वास गर्ने हो भने सफलता टाढा नरहेको बताएकी छन् ।
आफूबारे विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहेको प्रति संकेत गर्दै उनले मानिसबाट कमजोरी भएपनि त्यसलाई अन्यथाका रुपमा लिन नहुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक कडा स्ट्याटस लेख्दै करिष्माले भनेकी छन्, ‘नयाँ शक्ति नेपालको घोषणा सभामा मबाट केहि गल्ती कमजोरीहरु भए । अनि ममाअरु पनि धेरै कमजोरीहरु होलान् र छन् । न राजनिती मेरो पृष्ठभूमि हो, न राजनीति मेरो चासोको विषय रह्यो , न राजनितीमा सकृय रूपमा आबद्ध भएर अगाडि बढ्ने कल्पना गरेको थिएँ ।’ तर, आफूलाई विद्धान भन्न रुचाउनेहरुले बिद्धताको कुरा गरेपनि देशको विकासका लागि व्यवहारमा केहि नगरेको उनले आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘ एउटा समूह जो बिद्धान छन्, ती विद्धानहरु जो लामा लामा लेख लेखेर आफ्ना विज्ञता दर्शाउँछन र यहाँका हरेक क्षेत्रका कुनाकुनाका हिसाब किताब राखेर बसेका छन् । उनीहरुलाई देश कसरी डुबेको भन्ने पनि थाहा छ, अनि देशलाई कसरी उतार्ने भन्ने पनि थाहा छ । तर ती विज्ञानहरु गर्छन् के भने त्यसैगरि पत्रपत्रिकामा आफ्ना ज्ञानका भण्डार ओकल्छन् र फेसबुक र टुईटरमा पण्डित्याईँ गर्छन् । अनि देश उस्ताको उस्तै ।’
असुद्ध नेपाली भाषमा लेखिएको उक्त स्ट्याटसमा विद्धानहरु राजनीतिमा आइदिएको भए आफूजस्तो अल्पज्ञानी राजनीतमा आउनु पर्दैनथ्यो भन्दै झटारो हानेकी छन् । उनले खेलेकी छन्, ‘कुनै दिन जनताको मन र मत जितेर यो देशको बिकाशमा ठुलो योगदान दिनेछु, त्यो दिनका लागि के भनेर आलोचना गर्नुहुन्छ, तयारी आजैबाट सुरु गर्नु होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण