सेयर बजार १८.७० अंकले बढ्यो, नेप्से परिसूचक १६४७.५१ अंकमा
काठमाडौं–साताको चौथो दिन पनि सेयरबजार वृद्धि भएको छ । आज सेयर बजार १८.७० अंकको वृद्धिसहित नेप्से परिसूचक १६४७.५१ अंकको विन्दुमा पुगेर अडिएको छ । यो साताको आइतवार र सोमवार सेयरबजार ओरालो लागेपनि मंगलवारवाट भने बजार बढ्न थालेको हो । आज अन्य समूह बाहेक सबै समूहको परिसूचक बढेको छ ।
आज १ सय ३६ कम्पनीका २२ लाख ९४ हजार ७ सय ३६ कित्ता सेयर किनबेच भएको छ । त्यो सेयर किनबेचबाट एक अर्ब ७८ करोड १७ लाख ५४ हजार ३ सय ८९ रुपैयाँ कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बीमा समूहले गर्दा आजपनि सेयर बजार उचालिएको हो ।
बीमाको परिसूचक २०३.९८ अंकले बढेको छ भने जलविद्युतको ७५.३१, होटल समूहको ५३ अंकले बढेको छ । यस्तै, उत्पादनमुलक समूहको परिसूचक ३५.८, बैकिङ समूहको सूचक १२.४८, विकास बैंक समूहको १३.२७ र फाइनान्स ११.५७ अंकले बढेको छ ।
यस्तै, मंगलवार सेयरबजार १३.७१ अंकले बढेको थियो । नेप्से परिसूचक १६२८.८१ मा पुगेर अडिएको थियो । एक अर्ब २१ करोड कारोवार भएको सो दिन बीमाको सूचक १७३ अंक र बैंक समूहको सूचक ११ अंकले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण