महानगरीय प्रहरी कार्यालयका असई ३ लाख घुससहित पक्राउ
सोमबार, ०८ माघ २०७४, १३ : २२
काठमाडौं–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ३ लाख घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई बालाजुबाट पक्राउ गरेको हो ।
बुटवलमा कार्यरत रहँदा असई खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिन सहयोग गरेको र त्यसबापत ३ लाख घुस मागेपछि नियन्त्रण लिइएको अख्तियार प्रवक्ता पद्म प्रसाद पाण्डेले जानकारी दिए ।
अख्तियार प्रवक्ता पाण्डेले भने, ‘बुटवल कार्यरत रहँदा त्यहाँ लेनदेनको ब्यवहारका लागि १ करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र त्यो कागज आफौंले राखेर अहिले फिर्ता गर्न ३ लाख मागेको खुल्न आएको छ ।’
कागज फिर्ता गर्नका लागि ३ लाख मागेपछि पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण