भूकम्पपीडितका नाममा करोड बढी ठगी गर्ने पक्राउ
आइतबार, १२ असार २०७३, २० : ०२
काठमाडौँ - भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
अभियुक्त दङ्गाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब निरीक्षक डिल्लीराज पन्तले राससलाई जानकारी दिए ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको उनले बताए । अभियुक्त दङ्गालका नाममा विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगीका उजुरी परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण