प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो । सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ ।
आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण आजै २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको थियो ।
प्रमुख प्रतिपक्षी दलको सो मागका सम्बन्धमा गठित कार्यदलको बैठकमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिने र रु ५० हजार किस्ताबन्दीमा दिने सहमति भएको उपप्रधानमन्त्री रावलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण