जनयुद्धको उद्गमथलो थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन पहल गर्छु: प्रम
शनिबार, ११ भदौ २०७३, २२ : २०
काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पाको थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढासहित १५ जनाको प्रतिनिधि टोलीसँग आज साँझ भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना समितिले आफ्नो काम गरिरहेको अवस्थामा थवाङलाई नगरपालिकाको केन्द्र बनाउनेबारे दलहरूसँग छलफल गरेर टुङ्गोमा पु¥याउने बताए।
सो प्रतिनिधिमण्डलले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।
सो अवसरमा वामपन्थी अग्रज बुढाले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको केन्द्र थवाङलाई थप परिचित बनाउनका लागि पनि नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण