सूचनाको हक प्रयोग गरेर सूचना माग गर्नुपर्ने
सोमबार, १३ भदौ २०७३, २२ : १३
काठमाडौँ, १३ भदौ -आमसञ्चार माध्यम तथा त्यसमा कार्यरत पत्रकार र सञ्चारकर्मीले सूचनाको हक प्रयोग गरेर सूचना माग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपाललगायत सङ्घसंस्थाद्वारा आज आयोजित ‘सूचनाको हक र पत्रकार आचारसंहिता’ विषयको अन्तक्र्रियामा सञ्चारविज्ञले सहज रूपमा सूचना नपाएका खण्डमा सूचनाको प्रयोग गरेर सूचना प्राप्त गर्न आग्रह गरेका हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचनाको हकलाई अन्य हकभन्दा उच्च महत्वमा राखी सरकारी निकाय, सञ्चारमाध्यम र नागरिक समाजले उच्च महत्व दिई संवैधानिक हक दिलाउन प्रयत्न गर्नुपर्ने बताए । पछिल्लोपटक आयोगको सक्रियतासँगै सूचना दिने क्रम बढ्दै गएको उनको दाबी छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पछिल्लोपटक पत्रकार आचारसंहिताको उल्लङ्घन भइरहेका अवस्थामा काउन्सिलले नयाँ आचारसंहिता तयार गरी कडाइका साथ लागू गर्ने तयारी गरिरहेको जानकारी दिए । पत्रकार आचारसंहिताबारे जानकारी हुँदाहुँदै ठूला सञ्चारमाध्यमले नै त्यसको उल्लङ्घन गरेको अध्यक्ष कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण