नारायणी किनारमा २ र त्रिवेणी ब्यारेजमा १ को शब भेटियो, बस दुर्घटनाका मृतकको शब भएको आशंका
सोमबार, १३ भदौ २०७३, २२ : १६
चितवन, भदौ १३– पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा आज दुई शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अन्दाजी ३०÷३५ वर्षका तराई मुलका जस्ता देखिने उक्त शवको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ती शव यही शुक्रबार त्रिशूली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताए ।
इप्रका दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ती शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन् । शवमा किरा लाग्न थालेको छ । उक्त शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
यसैबीच, आजै नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ । उक्त शव पनि सोही दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हो÷होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए ।
रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।
सोही दुर्घटनामा परी आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण