दसैंमा मासु सुरक्षित कसरी गर्ने ?
पृष्ठभूमि : उच्च गुणस्तरीय पौष्टिक तत्व मासुमा पाइन्छ । मासु पशुजन्य प्रोटिनको मुख्य स्रोत हुनेहुँदा मानिसले मासुलाई उत्कृष्ट परिकारको रुपमा रुचाएका हुन् । अहिले विश्वमा नै मासुको उपभोग बढ्दै गएको छ । मासुको उपभोग बढ्नुलाई जनताको आर्थिक अवस्थामा सुधार आएको सूचकका रुपमा पनि हेरिन्छ । सन् १९६० मा प्रतिवर्ष प्रतिव्यक्ति १० के.जी. मासु खपत हुने गरेकोमा सन् २००० मा बढेर २६ के.जी. पुगेको तथ्याङ्क भेटिन्छ भने इ.स. २०३० सम्ममा यो मात्रा ३६ के. जी.भन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको छ । अर्कोतर्फ आजको मासु उत्पादन, भण्डारण, अनि बिक्री वितरण अनि उपभोग शृङ्खलामा करिब ३.५ अर्ब के.जी. बिग्रिएर नास हुने गरेको छ । जसको प्रभाव मासु बजारका आर्थिक गतिविधिका साथै वातावरणीय प्रदुषणमा पनि पर्ने गरेको देखिन्छ । यसरी मासु विग्रने र खेर जानुको प्रमुख कारक तत्व जीवाणुजन्य प्रदूषणलाई मानिन्छ । यसरी बिग्रेर नास हुने मासुमध्ये ५% लाई राम्रोसँग सुरक्षित भण्डारण गरिने हो भने करिब ३,२०,००० व्यक्तिलाई आवश्यक पर्ने मासु आूुर्ति सहज रुपमा गर्न सकिन्छ । दसैंमा पुग्ने जति मासु, त्यो मासु पसलमा किनेर नपुग्ने, आफ्नो धर्म रीति परम्पराअनुसार आफ्नो गच्छेलाई भ्याए पनि नभ्याए पनि एउटा पशुपक्षी कुल देवतालाई बली चढाउनै पर्ने जनविश्वास छ । अष्ठमीमा बोका त्यो पनि सकेसम्म कालै चाहिने जस्ता परम्पराले प्रशस्त मात्रामा पशुवध हुने गर्दछ । परम्परा धान्ने नाममा वध गरिएका पशुहरुको मासु सञ्चय गर्ने विधि भने हामीकहाँ छैन । सबै मासु एकै दिन उपभोग गर्न सम्भव नभएकाले त्यसलाई सञ्चय गर्नुपर्छ । यसका लागि भने ० डिग्री फरेनहाइटभन्दा कम तापक्रममा राख्नुपर्छ । यसोगर्दा मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निस्कृय पार्छ । साथै मासुको गुणस्तर विर्गान सक्ने सबै विषाणु, जीवाणु तथा ढुसीको प्रदूषण सङ्क्रमणबाट बचाउँछ । चिस्याएर राखेको मासु अलिकति बासी जस्तो लाग्न सक्छ । त्यही तापक्रममा तयार गर्नुहोला वा प्रेसर कुकरमा पकाउनु होला ।
मासु सुरिक्षत गर्ने विधि
(क) चिस्याउने (ख) पकाउने (ग) जल विग्रहीकरण (घ) रसायनको प्रयोग (ङ) अम्ल्याउने (च) विकिरण गर्ने
चिस्याएर राखेको मासुको सुरक्षित अवधि रांँगाको मासु १२ महिना, बङ्गुर बँदेलको मासु ६ महिना खसी, बोका, भेडा, च्याङ्ग्राको मासु ६ देखि ९ महिना कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।
मासु किन पकाइन्छ ? मासुलाई अत्याधिक तापक्रममा पकाउँदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जीवाणु, विषाणु नस्ट हुन्छ । यस बाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताएर सुरक्षित गर्न सकिन्छ । यो तापक्रममा धेरै जीवाणु विषाणु नस्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्ने हुन्छ । मासुलाई २५० डिग्री फरेनहाइटमा पकायो भने हाम्रो स्वास्थ्यका लागि असर पार्न सक्ने सबै जीवाणु विषाणु नस्ट हुन्छन् । यसको अर्को प्रविधि मासुलाई जलविग्रहीकरण अर्थात सुकुटी बनाई सुरक्षित राख्न सकिन्छ । हाम्रो परम्परागत मरमसालाको प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ । त्यस्ता मरमसालाले मासु सुरक्षित बनाउनका साथै स्वाद पनि मीठो पार्छ । हेर्दैमा खाऊँ खाऊँ लाग्ने र धेरै दिन सुरक्षित राख्न मद्दत गर्छ । तर यसरी प्रयोग गर्ने मासला भने प्राकृतिक स्वरुपमा हुनुपर्छ । मासुलाई सुरक्षित राख्ने अर्को तरिका भनेको अम्लीकरण हो । मासुमा हुने कार्बोहाडे«टलाई अम्ल अर्थात एसिडमा परिवर्तन गर्नुपर्छ । यसले मासु जीवाण, विषाणुको सङ्ख्या वृद्धि हुन पाउँदैन र मासु विग्रनबाट बचाउँछ । अन्यत्रका अभिलेख हेर्ने हो भने मासुलाई विकिरणका माध्यमबाट पनि सुरक्षित गर्न सकिन्छ । अतः दसैंमा बध गरी चढाएका पशुपक्षीको मासु सकेसम्म चाँडै पकाउनु पर्छ । पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु राख्नुपर्छ । पकाएको मासु राम्रोसित छोपेर फ्रिजमा राख्नुपर्छ । खाना खाने बेलामा राम्रोसित तताउनु नै बेस हुन्छ । यसरी तयार पारेर खाएको मासुले स्वास्थ्यमा असर गर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण