यदि खाना राम्रोसँग पच्दैन भने यी घरेलु तरिका अपनाउनुस्
पाचन तन्त्रको अनियमितताका कारण अपच हुन्छ । यदि कलेजोमा भएका एन्जायमले आफ्नो काम राम्रोसँग गर्दैन भने अपचको समस्या हुन्छ जसले धेरैलाई समस्यामा पारेको छ । ग्याँस बन्नु, पेट पोल्नु, एसिडिटी हुनु यो सबै अपचको लक्षण हो । अपच एक निकै समान्य समस्या हो तर यो सानो समस्याले हाम्रो दिनलाई नै अस्तव्यस्त बनाइदिन्छ । यद्यपी यो समस्याबाट छुटकारा पाउनका लागि थुप्रै औषधी पाइन्छ तर केही घरेलु तरिकाले पनि यो समस्यालाई टाढा राख्छ ।
१. सौफः सौफले सधैं पाचन क्रियालाई सुधार्ने काम गर्दछ । तपाईंको पेटलाई शान्त राख्नका लागि थोरै सौफ आफ्नो मुखमा राख्नुहोस् र यसलाई राम्रोसँग चपाएर निल्नुहोस् । अपच सम्बन्धि विकारमा सौफ निकै उपयोगी हुन्छ । तेल नहाली ताउमा भुटेको सौफ र नभुटेको सौफको मिश्रणले अपचको समस्यामा फाइदा पुर्याउँछ । आधा काँचो र आधा भुटेको सौफको चूर्णमा हिंग मिसाएर त्यसमा बिरे नुन मिसाउनुहोस् र २ देखि ६ ग्राम मात्रामा दिनको तीन/चारपटक खानुहोस्, यसले अपच टाढा हुन्छ ।
२. अदुवाः यदि तपाईंलाई अपचको समस्या छ भने अदुवालाई कुटेर रस निकाल्नुहोस् र हरेक दिन पिउनुहोस् । अथवा अदुवालाई पातलो गरेर काट्नुहोस् । यो पातलो टुक्रामा बिरे नुन हाल्नुहोस् र चपाउनुहोस् । यसलाई बिस्तारै चपाउनुहोस् र त्यसको रस बिस्तारै निल्नुहोस् । यसले तपाईंलाई अपचबाट राहत प्रदान गर्दछ ।
३. एलोभेरा (ध्यूकुमारी): एलोभेराको नियमित सेवनले पनि अपचको समस्या टाढा राख्छ । साथै एलोभेरको जूस पिउँदा पेटको थुप्रै रोग हराउँछ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ र शरिरको अतिरिक्त टक्सिनलाई बाहिर निकाल्न मद्दत गर्दछ । अपच हुँदा दिनमा दुई पटक १० देखि १२ मिलिलिटर ताजा एलोभेरा जेल खानुहोस् । बिहान खाली पेटमा एलेभेराको जूस पिउँदा शरिरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनुका साथै पेट सम्बन्धि धेरै समस्या टाढा हुन्छ ।
४. दालचीनीः कोहीले यसलाई चियामा मिसाएर पिउँछन् भने कसैले मसलाको रुपमा खान मनपराउँछन् । दालचीनी हरेक घरमा रहेको हुन्छ । यो सुगान्धित, पाचक, उत्तेजक र ब्याटेरियारोधी हुन्छ । यसले पाचन क्रियालाई सुधार्छ र पेटमा बनेको ग्याँसबाट छुटकार दिलाउँछ । यसलाई चियाको रुपमा बनाउनका लागि एक कप तातो पानीमा आधा चम्चा दालचीनीको पाउडर हाल्नुहोस् र केही मिनेट उमाल्नुहोस् । त्यसपछि यो पिउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण